काठमाडौं। जमैकाले स्टिभ म्याकक्लेरेनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
इङ्ल्यान्डका ६३ वर्षीय पूर्वप्रशिक्षकलाई जमैकाले दुई वर्षका लागि नियुक्त गरेको हो। उनले भने, ‘'करियरको यो चरणमा मलाई उपयुक्त स्थान स्वीकार्न कुनै हिचकिचाहट थिएन।’
कोपा अमेरिकाको निराशाजनक प्रदर्शनपछि हेइमिर हलग्रिमसनले जुलाईमा राजीनामा दिएपछि जमैका प्रशिक्षकविहीन थियो। आइसल्यान्डका प्रशिक्षकले आफ्नै राष्ट्रको जिम्मेवारी सम्हालिसकेका छन्।
जमैका फुटबल महासंघका अध्यक्ष माइकल रिकेट्सले भने, ‘ हामीले सही निर्णय लिएका छौं। उनले हाम्रो देशलाई २०२६ फिफा विश्वकपको पुर्याउन सक्नेमा आशावादी छौं।’