काठमाडौं। चरिथ असालान्कालाई श्रीलंकाको एकदिवसीय कप्तान बनाइएको छ। कुसल मेन्डिसको स्थानमा उनलाई कप्तानी जिम्मेवारी दिइएको हो।
भारतविरुद्धको ट्वान्टी–२० सिरिजमा पनि उनले श्रीलंकाको कप्तानी गरेका थिए। ट्वान्टी–२० विश्वकपमा श्रीलंकाले लज्जास्पद प्रदर्शन गरेपछि वानिन्दु हसरंगाले कप्तानीबाट राजीनामा दिएका थिए ।
डिसेम्बर २०२३ मा मेन्डिसलाई एकदिवसीय टोलीको कप्तानमा नियुक्त गरिएको थियो। मेन्डिसले गत वर्षको एकदिवसीय विश्वकपमा श्रीलंकाका कप्तानी गरेका थिए।
मेन्डिसले ब्याटिङमा राम्रो लयमा समातेकका छन्। उनको कप्तानीमा श्रीलंकाले आठ एकदिवसीयमध्ये ६ वटा जितेको छ। तर, यसका बाबजुद असालान्कालाई कप्तानी जिम्मेवारी दिइएको हो।