काठमाडौं। श्रीलंकाविरुद्धको तेस्रो ट्वान्टी–२० खेलमा भारत सुपर ओभरमा विजयी भएको छ। यससँगै भारतले तीन खेलको सिरिज ३–० ले जितेको छ।
यसअघि खेल्दा भारतीय टोली सुस्त पिचमा अलमलिएको थियो। यशस्वी जयसवाल १०, सञ्जु सामसन ०, रिंकु सिंह एक र सूर्यकुमार यादव आठ रनमा पेभेलियन फर्किए। तर, रियान पराग र वासिङ्टन सुन्दरले इनिङ्स सम्हाल्दै स्कोर १३७ पुर्याए।
जवाफमा श्रीलंकाले बलियो सुरुआत गरेको थियो। तर, १६ औं ओभरपछि लगातार विकेट गुमायो। यद्यपि, अन्तिम ओभरमा श्रीलंकाले खेल बराबरीमा टुंग्याउन सफल भयो। यसपछि सुपर ओभरको बाटो खुलेको थियो।
सुपर ओभरमा भारतसामु मात्र ३ रनको लक्ष्य थियो। सूर्यकुमारले पहिलो बलमै स्वीपमा चौका प्रहार गर्दै भारतलाई जित दिलाए।