काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाले प्रि सिजनको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ।
क्याम्पिङ वर्ल्ड स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा बार्सिलोनाले प्रिमियर लिग क्लब सिटीलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गरेको हो।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो। त्यसपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको हो। पेनाल्टी सुटआउटबाट गरिएको हो। जसमा बार्सिलोनाले बाजी मार्यो।
पेनाल्टीमा बर्सिलोनाका रोबर्ट लेवान्डोस्की, नूह डार्भिच, अलेजान्ड्रो बाल्डे र एन्टोनियो फर्नान्डेजले गोल गरे। सिटीका अमर फताह मात्रै गोल गर्न सके। क्याल्भिन फिलिप्स र ज्याकब राइटले भने गोल गर्न सकेनन्।
त्यसअघि २४औं पाउ भिक्टोरले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। ३९औं मिनेटमा निको ओरेलीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
पहिलो हाफको इन्जुरी समयमा पाब्लो टोरेले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए। तर, ६०औं मिनेटमा ज्याक ग्रेलिसले खेल २–२ को बराबरीमा पुर्याए।