काठमाडौं। इजिप्टले पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा स्पेनलाई पराजित गरेको छ।
बोर्डेयुक्स रंगशालामा मंगलबार राति भएको खेलमा इजिप्ट २-१ गोलअन्तरले विजयी भएको हो। जितसँगै समूह ‘सी’ को विजेता बनेको इजिप्टले तीन खेलमा सात अंक जोड्यो। उता उपविजेता स्पेनको समान खेलबाट ६ अंक र रह्यो।
४०औं मिनेटमा आदिल इब्राहिमले गोल गर्दै इजिप्टलाई सुरुआती अग्रता दिलाएका थिए। ६२औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।
अन्तिम समयमा सामुएल ओमोरोडियनले गोल गरेपनि स्पेन पराजित भयो।