काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगमा शीर्ष स्थानमा फर्किएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले सातदोबाटो युथ क्लबलाई ६–१ ले पराजित गरेको हो। जितसँगै पुलिसले पाँच खेलमा १३ अंक जोडेको छ। पराजित सातदोबाटोको समान खेलबाट चार अंक छ।
२९औं मिनेटमा साजनराज गौतमको गोलमार्फत पुलिसले सुरुआती अग्रता लिएको थियो। ३७औं मिनेटमा विक्रम गौतमले अग्रता दोब्बर बनाए। ६३औं मिनेटमा सुवासले गोल गर्दा पुलिस ३–० ले अगाडि बढ्यो। ६९औं मिनेटमा विक्रमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे।
त्यसको १० मिनेटपछि नै व्यक्तिगत दोस्रो तथा पुलिसका लागि पाँचौं गोल गरे। निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गणेश पुलामीमगरले गोल गर्दा पुलिसले ६–० को अग्रता लिएको थियो। इन्जुरी समयको आठौं मिनेटमा निष्पक्ष बरालले सातदोबाटोका लागि सान्त्वना गोल फर्काए।