काठमाडौं। विवश दर्लामीको ह्याट्रिकसँगै जावलाखेल युथ क्लबले एन्फा यु-१८ युथ लिगमा दोस्रो जित दर्ता गरेको छ।
जावलाखेलस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेलले चर्च ब्वाइजलाई ४-२ गोलअन्तरले पराजित गरेको हो।
जितसँगै जावलाखेलले पाँच खेलबाट पाँच अंक जोडेको छ। चर्च ब्वाइजको समान खेलबाट सात अंक रहेको छ।
२५औं मिनेटमा विवशको गोलबाट जावलाखेलले सुरुआती अग्रता लिएको थियो। त्यसको पाँच मिनेटपछि नै प्रशान्त तामाङले अग्रता दोब्बर बनाए।
३५औं मिनेटमा चर्च ब्वाइजका अमनबहादुर तामाङले गोल गर्दै खेल २-१ मा ल्याए। तर, ७०औं मिनेटमा विवशले अर्को गोल थप्दै जावलाखेलको अग्रता बढाए।
दोस्रो हाफको इन्ज्युरी समयमा विवशले ह्याट्रिक पूरा गर्दै जावलाखेललाई तीन अंकसहित ४-१ को जित दिलाए।