काठमाडौं। म्यानचेस्टर युनाइटेडका पूर्वडिफेन्डर राफेल भारान सिरी 'ए' मा यसै सिजन प्रमोट भएको नयाँ क्लब कोमोमा अनुबन्ध भएका छन्। उनले दुई वर्षको सम्झौता गरेका हुन्।
सन् २०१८ मा फ्रान्सबाट विश्वकप जितेका ३१ वर्षीय भारानले यसै वर्षको सुरुमा ओल्ड ट्राफोर्ड छाडेका थिए। सन् २०२१ मा युनाइटेडमा आबद्ध हुनुअघि भारानले रियल मड्रिडमा रहँदा तीनपल्ट स्पेनिस लिग र चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।
स्पेनका पूर्वमिडफिल्डर सेस्क फेब्रेगासले गत सिजन सहायकका रुपमा क्लबलाई पदोन्नति दिलाउन सहयोग गरेका थिए। उनैलाई कोमोले जुलाईमा मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
थिएरी हेनरी इटालीको लोम्बार्डी क्षेत्रमा अवस्थित कोमोका शेयरधारक हुन्।