काठमाडौं। बंगलादेशले ११ वर्षपछि पुरुष एसिया कप आयोजना गर्ने भएको छ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सन् २०२७ मा हुने एसिया कप बंगलादेशले आयोजना गर्ने छ। बंगलादेशले अन्तिमपल्ट सन् २०१६ मा प्रतियोगिता आयोजना गरेको थियो।
उक्त प्रतियोगितामा पाँच टोली सहभागि भए। त्यसयता भने बंगालदेशले प्रतियोगिता आयोजना गरेको छैन। बंगलादेशले समग्रमा पाँचौपल्ट प्रतियोगिता आयोजना गर्न लागेको हो। एसिसीका अनुसार २०२५ को एसिया कप ट्वान्टी-२० मा फर्म्याटमा हुनेछ भने २०२७ मा भने एकदिवसीय फर्म्याटमा हुनेछ।
एसिसीले आगामी विश्वकपलाई ध्यानमा राखेर फर्म्याट निर्धारण गरिएको जनाएको छ। भारतमा अर्को वर्ष एकदिवसीय विश्वकप हुनेछ। २०२७ मा भने दक्षिण अफ्रिकाले यो फर्म्याटको विश्वकप आयोजना गर्नेछ। भारत र बंगलादेशमा हुने एसिया कपमा १३/१३ खेल हुनेछन्।
भारत एसिया कपको डिफेन्डिङ च्याम्पियन हो। पछिल्लो चार संस्करणमध्ये तीनमा उपाधि जितेको छ। गत संस्करणको फाइनलमा भारतले श्रीलंकालाई कोलम्बोमा १० विकेटले पराजित गरेको थियो।