काठमाडौं। त्रिभुवन आर्मी फुटबल क्लबले स्मृति एन्फा यु–१८ युथ लिगमा थ्री स्टार क्लबमाथि पुनरागमन जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा आर्मी ३–१ ले विजयी भएको हो। पहिलो जित दर्ता गरेको आर्मीले पाँच खेलमा चार अंक जोडेको छ। पराजित थ्री स्टारको समान खेलबाट चार अंक नै छ।
तेस्रो मिनेटमै रोमन श्रेष्ठको गोलमार्फत थ्री स्टारले सुरुआती अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा दक्षले दुई गोल गर्दै आर्मीलाई २–१ ले अगाडि बढाए।
७२औं मिनेटमा अनुभव पुरीले गोल गर्दै आर्मीलाई पहिलो जित दिलाए।