काठमाडौं। विभागीय टोली एपिएफलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब एन्फा यु-१८ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न दोस्रो खेलमा मच्छिन्द्र २-१ गोलअन्तरले विजयी भएको हो।
जितसँगै मच्छिन्द्रले पाँच खेलबाट ११ अंक जोडेको छ। एपिएफको समान खेलबाट सात अंक रहेको छ।
खेलको ६३औं मिनेटमा प्रशुन तामाङले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। तर, ८९औं मिनेटमा विकाश टिटुङले गोल गर्दै एपिएफलाई खेलमा फर्काए।
इन्ज्युरी समयमा एपिएफ सम्हालिन सकेन र भुपेन्द्र धरालाले गोल गर्दै मच्छिन्द्रलाई तीन अंक दिलाए।