काठमाडौं। पेरिस ओलम्पिक पुरुष फुटबलमा लगातार दोस्रो जित निकाल्दै स्पेन नकआउट चरणमा प्रवेश गरेको छ।
शनिबार राति भएको समूहचरणको दोस्रो खेलमा स्पेनले डोमिनिकन ओलम्पिकमाथि ३–१ को सहज हासिल गरेको हो। पहिलो खेलमा स्पेनले उज्बेकिस्तानमाथि २–१ को जित निकालेको थियो। जितसँग स्पेनले ६ अंक जोड्यो।
२४औं मिनेटमा फर्मिन लोपेजले स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। ३८औं मिनेटमा डोमिनिकन रिपब्लिकका लागि डे ओकाले गोल गर्दै खेल बराबरीमा ल्याए।
तर, ५५औं मिनेटमा एलेक्स बाइनाले गोल गर्दै अग्रता ३–२ मा पुर्याए। ७०औं मिनेटमा मिगुएल गुटिरेजले गोल गर्दै स्पेनलाई ३–१ को सहज जित दिलाए।