काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा शनिबार बंगला टाइगर्सको सामना गर्ने भएको छ।
भ्यानकुभर नाइट्सको यो दोस्रो खेल हो। खेल नेपाली समयअनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ।
पहिलो खेलमा भ्यानकुभर नाइट्स रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनलसँग आठ विकेटले पराजित भएको थियो। उक्त खेलमा सन्दीपले नौ बलमा तीन चौकासहित १५ रन बनाउनुका साथै चार ओभरमा २९ रन दिएर एक विकेट लिएका थिए।
दीपेन्द्र र रोहितले भने उक्त भिसाको कारण गुमाएका थिए। बंगला टाइगर्सको भने यो पहिलो खेल हो।