काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब एभर्टनले नेपोलीका मिडफिल्डर जेस्पर लिन्डस्ट्रोमलाई अनुबन्ध गरेको छ। उनलाई सन् २०२५ मा स्थायी गर्ने विकल्पसहित लोनमा अनुबन्ध गरिएको हो।
सम्झौताको वित्तीय विवरण कुनै पनि क्लबले सार्वजनिक नगरे पनि इटालियन सञ्चारमाध्यमका अनुसार एभर्टनले नापोलीलाई ३० लाख युरो (३२ लाख ६० हजार अमेरिकी डलर) ऋण शुल्क तिर्नेछ। त्यसका साथै दुई करोड २५ लाख युरोको खरिद विकल्पमा सहमति जनाएको छ।
सन् २०२३ मा बुन्डेसलिगा क्लब इन्ट्राच्ट फ्रयाङ्कफर्टबाट नेपोलीमा आबद्ध भएका डेनमार्कका जेस्परले इटालियन क्लबका लागि २९ खेल खेलिसकेका छन्।
‘गत वर्ष मेरो लागि कठिन वर्ष थियो। तर म अहिले यहाँ आउन पाउँदा निकै खुसी छु,’ उनले क्लबको वेबसाइटलाई भने, ‘यो मेरो लागि ट्रयाकमा फर्कनको लागि एक सिजन हो।’
एभर्टनले लिग वान क्लब ओलम्पिक डी मार्सिलेका फरवार्ड इलिमान एनडियालाई पनि पाँच वर्षका लागि अनुबन्ध गरेको छ। उसले शनिबार अगस्ट १७ मा ब्राइटन एन्ड होभ अल्बियनविरुद्ध घरेलु मैदानमा खेल्दै लिग सुरु गर्नेछ।