काठमाडौं। जावलाखेल युथ क्लबलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु-१८ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न दोस्रो खेलमा पुलिसले ३-१ को जित हासिल गरेको हो। जितसँगै पुलिसले चार खेलमा १० अंक जोडेको छ। पराजित जावलाखेलको समान खेलबाट दुई अंक छ।
२५औं मिनेटमा सुवास बमले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दसलाएका थिए। त्यसको सात मिनेटपछि सुवासले नै टोलीको अग्रता दोब्बर बनाए।
४४औं मिनेटमा साजन गौतमले पुलिसका लागि तेस्रो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा निशा राईले गोल गर्दै खेललाई ३-१ को स्थितीमा ल्याए। त्यसपछि थप गोल निस्कन सकेनछ।