काठमाडौं। अर्जेन्टिनाले पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा मोरोक्कोलाई बराबरीमा रोकेको छ।
जेफरोय गुइचार्ड रंगशालामा बुधबार भएको खेलमा दुवै टोलीले २–२ को बराबरी खेलेको हो। अर्जेन्टिनाका जियुलियानो सिमोन र क्रिस्चियन मदिनाले गोल गरेकाा हुन्।
मोरोक्काका लागि दुवै गोल सुफियान रहिमीले गरे। यो नतिजासँगै समूह ‘बी’ का दुवै टोलीको एक अंक भएको छ। पहिलो हाफको इन्जुरी समयमा रिहिमीको गोलमार्फत मोरोक्कोले अग्रता लिएको थियो। ४९औं मिनेटमा उनैले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे।
६८औं मिनेटमा सिमोनले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याए। इन्जुरी समयमा मदिनाले गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाए।