काठमाडौं। एसिसी महिला एसिया कप खेल्न माल्दिभ्स पुगेको नेपाली राष्ट्रिय महिला टोली बिहीबार फर्किने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली श्रीलंकन एअरलाइन्समार्फत बिहीबार १२:१५ त्रिभुवन विमानस्थलमा ओर्लिने तय छ। तेस्रोपल्ट एसिया कपमा सहभागी भएको नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो। तर, पाकिस्तानसँग ९ र भारतसँग ८२ रनले पराजित हुँदै नेपाल समूहचरणबाट बाहिरिएको थियो।