काठमाडौं। अग्रता जोगाउन नसक्दा थ्री स्टार क्लबले एन्फा यु-१८ युथ लिगमा संकटा क्लबसँग अंक बाँडेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन्। थ्री स्टारका लागि चित्रबहादुर नेपाली र संकटाका लागि समीर नेपालीले गोल गरे ।
योसँगै थ्री स्टारले चार खेलमा चार अंक जोडेको छ । संकटाको समान खेलबाट दुई अंक छ। खेलको ७९औं मिनेटमा चित्रको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । तर, इन्जुरी समयमा समीरले गोल गर्दा थ्री स्टार अंक बाँड्न बाध्य बन्यो ।