काठमाडौं। सन्तोष गोम्वाको गोलसँगै न्युरोड टिम (एनआरटी)ले एन्फा यु-१८ युथ लिगमा दोस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई १-० गोलअन्तरले पराजित गरेको हो।
जितसँगै एनआरटीले चार खेलबाट नौ अंक जोडेको छ। समान अंक नै भएपनि मनाङ मर्स्याङ्दी गोल संख्यामा अगाडी रहँदै शीर्ष स्थानमा छ।
एपिएफको भने यो पहिलो हार हो। एपिएफले चार खेलमा दुई जित, एक बराबरी र एक हारसहित सात अंक जोडेको छ। एपिएफ चौथो स्थानमा छ।
सन्तोषले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरेका थिए।