काठमाडौं। संयुक्त अरब इमिरेत (युएई)लाई पराजित गर्दै पाकिस्तानले एसिसी महिला एसिया कपको सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
बुधबार समूहचरणको अन्तिम खेलमा पाकिस्तानले नौ विकेटको जित हासिल गरेको हो। जितसँगै दोस्रो स्थानमा रहेको पाकिस्तानले चार अंक जोडेको छ। शीर्ष स्थानमा रहेको भारतको पनि समान चार अंक रहेको छ।
नेपाल र भारतले आज साँझ नै समूहचरणको अन्तिम खेल खेल्ने छ। उक्त खेलमा नेपालले अप्रत्याशित नतिजा निकाले मात्रै सेमिफाइनल यात्रा तय गर्नेछ। नत्र दुई अंकसहित प्रतियोगिताबाट बाहिरिने छ।