काठमाडौं। आइसिसी ट्वान्टी–२० ब्याटिङ वरीयतामा नेपालका सीता रानामगरले एक स्थान सुधार गरेकी छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा उनी ८२औं स्थानमा छिन्।
यसअघि उनी ८३औं स्थानमा थिइन्। रुबिना क्षेत्री भने तीन स्थान तल खस्किएकी छन्। उनी ८६औं स्थानमा छिन्।
यसअघि उनी ८३औं स्थानमा थिइन्। शीर्ष १०० भित्र नेपालबाट यी दुई ब्याटरमात्रै वरीयतामा परेका हुन्।