काठमाडौं। विभागीय डर्बीमा लिग लिडर नेपाल पुलिसलाई बराबरीमा रोक्दै त्रिभुवन आर्मी क्लबले एन्फा यु–१८ युथ लिगमा पहिलो अंक जोडेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको दिनको पहिलो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।
योसँगै पुलिसले तीन खेलबाट दुई जित र एक बराबरीसहित सात अंक जोडेको छ। आर्मीको भने समान खेलमा एक अंक रहेको छ।
प्लेयर अफ द म्याच आर्मीका भुवन कामी भए।