काठमाडौं। भारतविरुद्धको तीन खेलको ट्वान्टी–२० सिरिजका लागि ब्याट्सम्यान चरित असालान्कालाई श्रीलंकाली टोलीको कप्तान नियुक्त गरिएको छ। यो सिरिज जुलाई २७ बाट सुरु हुँदैछ।
ट्वान्टी–२० विश्वकपमा टोलीले निराशाजनक प्रदर्शन गरेपछि वानिन्दु हसरंगाले कप्तानीबाट राजीनामा दिएका थिए। उनको स्थानमा असालान्काले टोलीको कप्तानी गर्नेछन्। हसरंगाको कार्यकाल ६ महिना मात्रै रह्यो।
हसरंगा निलम्बनमा रहेका बेला असालान्काले बंगलादेशविरुद्धको दुई ट्वान्टी–२० खेलमा श्रीलंकाको कप्तानी गरेका थिए। उनले श्रीलंका यु–१९ टोलीको कप्तानी पनि गरिसकेका छन्। हालै उनले आफ्नो टोली जाफना किंग्सलाई लंका प्रिमियर लिग पनि जिताएका थिए।