काठमाडौं। एसिसी महिला एसिया कपमा मंगलबार नेपाल र भारत आमुन्नेसामुन्ने हुँदैछन्। दुई खेलमा शतप्रतिशत जितसहित भारत समूह ‘ए’ को अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। नेपाल भने दुई खेलमा एक जित र एक हारका साथ तेस्रो स्थानमा छ।
खेल नेपाली समयअनुसार साँझ ७: १५ बजेबाट सुरु हुनेछ। यस खेलमा नेपाली टोलीका ओपनर सम्झना खड्का हेर्नलायक खेलाडी हुनेछिन्। १३ इनिङ्स खेलेकी उनले १३.९० को औसत र ९५.८६ को स्ट्राइक रेटमा १३९ रन बनाएकी छन्।
उनले युएईविरुद्ध ४५ बलमा ११ चौकासहित अविजित ७२ रनको इनिङ्स खेलेकी थिइन्। प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी तेस्रो नम्बरमा छिन्।
उनले दुई खेलमा १५२ को स्ट्राइक रेट र ७६.०० को औसतमा ७६ रन बनाएकी छन्।