काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले अमेरिकन लेफ्ट ब्याक कालेब विलीलाई अनुबन्ध गरेको छ।
१९ वर्षीय विलीलाई चेल्सीले एटलान्टा युनाइटेडबाट ६ वर्षका लागि अनुबन्ध गरेको हो। उनी सन् २०२२ देखि एटलान्टाको पहिलो टोलीको हिस्सा रहेका छन्। गत अक्टोबरमा मेक्सिकोविरुद्ध खेल्दै अमेरिकी राष्ट्रिय टोलीमा उनले डेब्यु गरेका थिए।
विली हाल ओलम्पिक फुटबल प्रतियोगिता खेल्न पेरिसमा छन्। उनलाई अर्को सिजन स्ट्रासबर्गमा लोनमा पठाइने छ। जुन चेल्सीको स्वामित्व रहेको क्लब हो।