काठमाडौं। स्कटल्यान्डका तीव्र गतिका बलर चार्ली कैसलले डेब्यु खेलमै सात लिँदै कीर्तिमान राखेका छन्।
आइसीसी विश्वकप लिग–२ ओमानविरुद्धको खेलमा उनले सात विकेट लिएका हुन्। उनले कसिलो बलिङ गरेसँगै २१.४ ओभरमा ९१ रनमै समेटिएको थियो।
उनले ५.४ ओभरमा २१ रन खर्चे। यसअघि यो कीर्तिमान दक्षिण अफ्रिकाका कागिसो रवाडाको नाममा थियो। रवाडाले सन् २०१५ मा बंगलादेशविरूद्ध आफ्नो डेब्यु खेलमा १६ रन खर्चेर ६ विकेट लिएका थिए।