काठमाडौं। एक गोलले पछि परिसकेको स्थितिलाई उल्टाउँदै सातदोबाटो युवा क्लबले एन्फा यु-१८ युथ लिगमा मछिन्द्र फुटबल क्लबसँग अंक खोसेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न पहिलो खेलमा यी दुई टोलीले १-१ गोलको बराबरी खेलेका हुन्। यो नतिजासँगै सातदोबाटोले तीन खेलमा एक अंक जोडेको छ। मछिन्द्रको सामन खेलबाट पाँच अंक छ।
६३औं मिनेटमा रोनिक रानमगरले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। उनले पदम तामाङको क्रसलाई हेडरमार्फत जाली चुमाए।
त्यसको एक मिनेटमा दोहोरो पहेंलो कार्ड ब्यहोर्दै प्रशान्त मेन्याङ्बोले मैदान छाडेपछि मछिन्द्र १० खेलाडीमा समेटिन पुग्यो। त्यसैको फाइदा उठाउँदै ७९औं मिनेटमा आदेश लामाले सातदोबाटोलाई खेलमा फर्काए। उनले अविनाश तामाङको फ्रिकिकलाई हेडरमार्फत जाली चुमाए।