काठमाडौं। रोमन श्रेष्ठको दुई गोलप्रेरित थ्री स्टार क्लबले एन्फा यु-१८ युथ लिगमा पहिलो जित दर्ता गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न दिनको दोस्रो खेलमा थ्री स्टारले न्युरोड टिम (एनआरटी)लाई ३-० गोलअन्तरले पराजित गरेको हो।
जितसँगै थ्री स्टारले तीन खेलमा तीन अंक जोडेको छ। एनआरटीको भने यो पहिलो हार हो। एआरटीको समान खेलबाट ६ अंक छ।
३६औं मिनेटमा रोमनको गोलमार्फत थ्री स्टारले सुरुआती अग्रता लिएको थियो। ५८औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए।
६४औं मिनेटमा सुगम भुलुनले तेस्रो गोल गरे।