काठमाडौं। एसिसी महिला ट्वान्टी-२० एसिया कपको दोस्रो खेलमा पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिलो विकेटको रुपमा ओपनर सम्झना खड्कालाई गुमाएको हो।
पाँच बल खेलेकी उनी पाकिस्तानी कप्तान निदा डारको बलमा नाशरा सन्धुबाट मिडविकेटमा क्याच आउट भएकी हुन्।
उनले एक चौका मात्रै प्रहार गरिन्। नेपाललाई ऐतिहासिक जित दिलाउन उनले युएईविरुद्ध ४५ बलमा ११ चौकासहित ७२ रनको अविजित इनिङ्स खेलेकी थिइन्।
उनी नै प्लेयर अफ द म्याच आएकी थिइन्।