काठमाडौं। नेपालले एसिसी महिला ट्वान्टी-२० एसिया कपको दोस्रो खेलमा पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानकी कप्तान निदा डारले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएकी हुन्।
पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको थियो। पाकिस्तान भने भारतसँग ९ विकेटले पराजित भएको थियो।
यस खेलमा पाकिस्तानलाई हराए नेपालले समूहचरण पार गर्ने छ। पाकिस्तानलाई भने यस खेलमा जित निकाले पनि युएईविरुद्धको अन्तिम खेल र नेपाल र भारतबीचको नतिजा भर पर्नुपर्ने हुन्छ।