काठमाडौं। यू–२० राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार ३० सदस्सीय युवा टोलीको नयाँ सूची जारी गरेको हो।
एन्फाले साफ च्याम्पियनसिपको छैंटौं संस्करण लागि राष्ट्रिय टोली तयार गरिरहेको हो। खुल्ला छनोटमार्फत पहिलो चरणमा ४० जना छानिएका थिए। दोस्रो चरणमा छनोट भएका ३० खेलाडीबाट मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय अन्तिम टोलीको घोषणा गर्नेछन्।
साफ अगस्ट १८ देखि २८ सम्म दशरथ रंगशालमा हुँदैछ। नेपालले सुरुका दुई संस्करण उपाधि जितेको थियो। छनोट हुने २३ सदस्यले साफ च्याम्पियनसिपपछि एएफसी यु–२० एसियन कप छनोटमा पनि देशको प्रतिनिधित्त्व गर्नेछन्।
टोली
गोलकिपरः अमित टमाटा, विशाल बिसी, जियारत शेख, कृषाल मोक्तान
डिफेन्डरः आयुष तिम्सिना, अश्विन घोरसैने, विक्रम तामाङ, इक्षाङ लिम्बु, मदन पौडेल, निसाङ लिम्बु, निर्मल बल, राम थापा, समीन घिमिरे, सिमन्त थापा, उनिश बुढाथोकी
मिडफिल्डरः अविनाश स्याङ्तान, जनप्रकाश बम, कुशल देउवा, लचु थापा, सरोज दरलामी
फरवार्डः अनिल बम्जन, धनसिंह विक, धरवेन्द्र कुँवर, हरिशराज भट्ट, निमा वाङ्गेल लामा, निरज कार्की, निरजन धामी, रोहन खड्गी, समिर तामाङ, सन्दीप लामा