काठमाडौं। चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि फरवार्ड सन्जिव विष्टलाई अनुबन्ध गरेको छ।
क्लबले सामाजिक सञ्जालमार्फत उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो। उनले न्युरोड टिम (एनआरटी) बाट ‘ए’ डिभिजन लिग खेलेका थिए।
चर्च ब्वाइजले यसअघि स्टार फरवार्ड अञ्जन विष्ट, विंगर आयुष घलान, मिडफिल्डर एरिक विष्ट र लाकेन लिम्बु, रक्षक सनिश श्रेष्ठ र अनन्त तामाङ तथा गोलकिपर दीप कार्कीलाई अनुबन्ध गरेको थियो। अञ्जन, एरिक र अनन्तसँग सम्झौता नवीकरण गरेको हो भने अन्यसँग नयाँ सम्झौता गरिएको हो।
टोलीको कप्तानी अनन्त र प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले पाएका छन्। सहायक प्रशिक्षकमा रमेश दंगाल छन्। चर्च ब्वाइजले अगस्ट १३ मा दशरथ रंगशालामा भुटानको पारो एफसीको सामना गर्दैछ।