काठमाडौं। महिला एसिया कप २०२४ को पाँचौं खेलमा भारत र संयुक्त अरब इमिरेट्स (युएई) भिड्दैछन्।
अहिले भारत समूह ए को अंक तालिकाको शीर्ष स्थानमा छ भने युएई यस प्रतियोगितामा पहिलो जितको प्रतिक्षामा छ।
प्रतियोगिताको पहिलो खेलमा भारतले पाकिस्तानलाई ३५ बल बाँकी रहँदा ७ विकेटले पराजित गरेको थियो। एसिया कपअघि भारतले दक्षिण अफ्रिकासँगको तीन टी–२० सिरिज १–१ को बराबरीमा टुंगिएको थियो।
यस प्रतियोगिताको पहिलो खेल नेपाल र युएईबीच भएको थियो। तर, उक्त खेलमा युएई नेपालसँग ६ विकेटले लज्जास्पद हार बेहोरेको थियो। यस प्रतियोगिताअघि युएईले टी–२० विश्वकप छनोटको सेमिफाइनलमा स्थान बनाएको थियो तर त्यसपछि सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको थियो।