काठमाडौं। स्पेनिस स्ट्राइकर अल्भारो मोराटा इटालियन क्लब एसी मिलानमा अनुबन्ध भएका छन्।
ला लिगा क्लब एट्लेटिको मड्रिडबाट उनी मिलान पुगेका हुन्। उनले क्लबसँग चार वर्षको सम्झौता गरेका छन्।
मिलान र एट्लेटिको दुवैले सम्झौताको वित्तीय विवरण सार्वजनिक गरेका छैनन्। सन् २०१९ मा करिब ६ करोड ५० लाख युरोमा उनी एट्लेटिकोमा आबद्ध भएका थिए। ३१ वर्षीय मोराटाले गत आइतबार स्पेनलाई युरो कपमा जितका थिए ।
२०१४ मा युभेन्ट्स जानुअघि उनले रियल मड्रिडबाट आफ्नो क्यारियर सुरु गरेका थिए। उनले प्रिमियर लिग क्लब चेल्सीमा पनि खेले। उनले च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रे दुई-दुई पटक जितेका छन् भने फिफा क्लब विश्व कप र यूईएफए सुपर कप पनि जितेका थिए।
युभेन्टसबाट उनले दुई पटक सिरी ए र तीन पटक कोपा इटालिया जिते। चेल्सीबाट मोराटाले युरोपा लिग र एफए कप पनि जिते।