काठमाडौं। दुई गोलले पछि परिसकेको स्थितिलाई उल्टाउँदै जावलाखेल युथ क्लबले एन्फा यु-१८ युथ लिगमा मछिन्द्र फुटबल क्लबबाट अंक खोसेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न पहिलो खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेका हुन्।
खेलको १५औं मिनेटमा अनिश थिङले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। ३८औं मिनेटमा कविर तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए।
तर, मछिन्द्रले सो अग्रता जोगाउन सकेन। ७५औं मिनेटमा विवश दर्लामीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए। ८४औं मिनेटमा अनिश चौधरीले अर्को गोल थप्दै मछिन्द्रले हात पारिसकेको तीन अंक खोसे।