काठमाडौं। नेपालले एसिसी महिला ट्वान्टी-२० एसिया कपको पहिलो खेलमा युएईविरुद्ध फिल्डिङ गर्ने भएको छ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएकी हुन्।
नेपालले तेस्रोपल्ट एसिया कपमा सहभागिता जनाएको हो। सन् २०१२ र २०१६ मा सहभागिता जनाएपनि नेपालले जित निकाल्ने सकेन। त्यसैले युएईविरुद्ध मैदान उत्रिँदा नेपाललाई ऐतिहासिक जित निकाल्ने अवसर हुनेछ।
हालसम्म नेपाल र युएईबीच चार खेल भएको छ। नेपालले दुई र युएईले एक खेल जित निकालेका छन्। एक खेल भने नतिजाविहिन बनेको छ।