काठमाडौं। फ्रेन्च क्लबका केही समर्थकको विरोधका बावजुद मार्सेलीले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मेसन ग्रीनवुडलाई अनुबन्ध गरेको छ।
इङ्ल्यान्डका लागि एक पटक खेलिसकेका २२ वर्षीय ग्रीनवुडलाई सन् २०२२ को जनवरीमा बलात्कार र यौन दुर्व्यवहारको प्रयासको आरोपमा युनाइटेडले निलम्बन गरेको थियो। गत सिजन उनले ला लिगाको गेटाफेमा लोनमा बिताएका थिए।
'म्यानचेस्टर युनाइटेडबाट ग्रीनवुडलाई अनुबन्धित गरेको घोषणा गर्न पाउँदा खुसी छन्,' फ्रान्सेली क्लबले आफ्नो वेबसाइटमा भनेको छ। २२ वर्षीय स्ट्राइकरले स्वास्थ्य पछि क्लबमा हस्ताक्षर गरेका छन्।
गत सिजन लिग वानमा आठौं स्थानमा रहेको दक्षिणी क्लबले आफ्नो नयाँ स्ट्राइकरलाई १० नम्बरको जर्सी दिएको छ। ग्रीनवुडले १७ वर्ष १५६ दिनको उमेरमा सन् २०१९ मा च्याम्पियन्स लिगमा युनाइटेडबाट डेब्यू गरेका थिए। त्यसको चार दिनपछि उनले प्रिमियर लिगमा पनि डेब्यु गरे। उनले सेप्टेम्बर २०२० मा इङ्ल्यान्डको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।
उनले युनाइटेडका लागि १ सय २९ खेल खेल्नुका साथै ३५ गोल गरेका थिए। सन् २०२२ को जनवरीदेखि प्रिमियर लिग क्लबबाट उनले खेलेका थिएनन्। ग्रीनवुडले गत सिजन गेटाफेका लागि ३६ खेलमा १० गोल गरेका थिए।
गत सिजन मार्सेलीका लागि सर्वाधिक गोलकर्ता रहेका पियरे–एमरिक औबामेयाङको औपचारिक बिदाइ भएको एक दिनपछि उनको मार्सेली आगमन भएको हो।