काठमाडौं। आफ्नो होनहार युवा बायाँ हाते फास्ट बलर माहिका गौरलाई इङ्ल्यान्ड पठाएपनि युएई एसिया कप महिला क्रिकेटमा प्रवेश गर्न सफल भएको छ।
सन् २०२२ मा युएईले एसिया कपमा डेब्यु गरेको थियो। युएई यस प्रतियोगिताको तयारीका लागि व्यस्त टोलीमध्ये एक थिए। तर, दुबईमा आएको बाढीका कारण नेदरल्यान्ड्स, स्कटल्यान्ड र अमेरिकाविरुद्धको घरेलु मैदानमा हुने भनिएको टी–२० सिरिज रद्द भएको थियो ।
युएईले फेब्रुअरीमा महिला प्रिमियर कप जितेको थियो। तर, मेमा विश्वकप छनोटको सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको थियो। युएईले यो वर्ष अहिलेसम्म ११ मध्ये आठ खेल जितेको छ।
कप्तान ईशा रोहित ओजा महिला टी–२० आईमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्। युवा लेग स्पिनर वैष्णवी महेशले यस वर्ष १६ विकेट लिएकी छन्। युएई रहेको समूहमा भारत, पाकिस्तान र नेपालका छन् ।
मुख्य खेलाडी: तीर्थ सतीश
विकेटकिपर ब्याट्सम्यान तीर्थ सतीश महिला टी–२० आईमा एक हजारभन्दा बढी रन बनाउने युएईका तीन खेलाडीमध्ये एक हुन्।
उनले ६० इनिङ्समा २८.७८ को औसत र १०८.०६ को स्ट्राइक रेटमा एक हजार ३५३ रन बनाएकी छन्। उनले मलेसियाविरुद्ध दुई तथा कतार, पपुवा न्यू गिनी र हङकङविरुद्ध समान एक पटक गरी पाँच अर्धशतक प्रहार गरेकी छन्।
उनले गत वर्ष यू–१९ टी–२० विश्वकपमा आफ्नो विकेटकिपिङबाट सबैलाई प्रभावित बनाएकी थिइन्।