काठमाडौं। श्रीलंकाको डम्बुलामा १० दिनसम्म चल्ने महिला एसिया कप २०२४ मा आठ देशको सहभागिता रहनेछ। प्रतियोगितामा आयोजक श्रीलंका, भारत, पाकिस्तान र बंगलादेशसँगै थाइल्यान्ड, नेपाल, युएई र मलेसियाका टोलीले पनि सहभागिता जनाउनेछन्।
एसिया कपमा नेपाल तेस्रो पटक खेल्दैछ। नेपाली टोली महिला प्रिमियर कप र सेप्टेम्बर २०२३ मा भएको टी-२० विश्वकप एसिया छनोटमा सेमिफाइनल पुगेको थियो।
रुविना क्षेत्री नेपालको सबैभन्दा अनुभवी क्याप महिला खेलाडी हुन्। ५५ खेल खेलेकी उनले टी-२० आईमा २४.७० को औसत र ९४.६ कझ स्ट्राइक रेटमा ७४१ रन बनाएकी छन्।
उनले एक शतक र एक अर्धशतक प्रहार गरेकी छन्। उनले ५३ इनिङ्समा ३.८५ को इकोनोमी र २४.२ को औसतमा ४२ विकेट लिएकी छन्।
उनले ४६ खेलमा नेपालको कप्तानीसमेत गरेकी छन्। महिला प्रिमियर कपमा माल्दिभ्सविरुद्ध नेपालले कीर्तिमान २२७ रन बनाएको थियो। उक्त इनिङ्समा रुविनाले अविजित रहँदै सर्वाधिक ११८ रन बनाएकी थिइन्।
उनी महिला टी-२० आईमा शतक बनाउने पहिलो नेपाली खेलाडी हुन्।