काठमाडौं। एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोटमा विभागीय टोली एपिएफ समूह ‘सी’ मा परेको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार एपिएफ उक्त समूहमा परेको हो।
यो समूहमा एपिएफसँगै उज्वेकिस्तानको फुटबल क्लब नासाफ र मलेसियाको सबा फुटबल क्लब रहेको छ।
एएफसीका अनुसार प्रारम्भिक चरणमा १३ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा एक समूह ‘ए’मा चार र अन्य तीन समूहमा तीन टोली रहेका छन्।
भुटान, जोर्डन, मलेसिया र साउदी अरबले अगस्ट २५ देखि ३१ सम्म केन्द्रीकृत लिग ढाँचामा एक–एक समूहको खेल आयोजना गर्नेछन्। नेपाल रहेको समूहको खेल भने मलेसियामा हुने एएफसीले जनाएको छ।
एपिएफले पहिलो पटक महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न लागेको हो।