काठमाडौं। चर्च बोइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि लाकेन लिम्बुलाई अनुबन्ध गरेको छ।
क्लबका अध्यक्ष रुवेन राईका अनुसार थ्री स्टारबाट ‘ए’ डिभिजन लिग खेलेका मिडफिल्डर लाकेनसँग नयाँ सम्झौता गरिएको हो।
चर्च ब्वाइज क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका अञ्जन विष्ट, अनन्त तामाङ र एरिक विष्टसँग सम्झौता नवीकरण गरेको छ। यस्तै, मोफसलका प्रतियोगितामा चर्च बोइजको कप्तानी सम्हालेका दीप कार्की, आयुष घलान र सनिश श्रेष्ठसँग भने नयाँ सम्झौता गरेको छ।
यसैगरी क्लबले तीन विदेशी खेलाडीलाई पनि भित्र्याउने तयारी गरिरहेको राईले जानकारी दिए। टोलीको कप्तानी अनन्त तामाङ छन्। क्लबले बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिँदै प्रशिक्षण सुरु गरिसकेको छ।