काठमाडौं। गत वर्ष एक अंक लिएर स्वदेश फर्किएको विभागीय टोली नेपाल आर्मी क्लबले एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कपमा सिलोङ लाजोङ एफसीसँगै प्रतियोगिताको सुरुआत गर्ने भएको छ।
समूह एफमा रहेको आर्मीले पहिलो खेल सिलङविरुद्ध २ अगस्टमा खेल्नेछ। दोस्रो खेल एफसी गोवासँग ८ अगस्टमा खेल्नेछ र तेस्रो खेल हैदरावाद एफसी १३ अगस्टमा खेल्नेछ। यी सबै खेल सिलङमा हुनेछ।
यस प्रतियोगितामा आर्मीले दोस्रोपटक सहभागी जनाउन लागेको हो। आर्मीले गत सिजन चेन्नइयिन एफसीसँग ३–० र हैदराबादसँग ३–० ले पराजित भएको थियो। यस्तै, दिल्ली एफसीसँग भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो।
यस संस्करणमा इन्डियन सुपर लिग, आई लिगका र अन्य आमन्त्रण अन्तर्राष्ट्रिय र सशस्त्र बलसहित २४ टोलीले सहभागिता जनाउनेछन्।