काठमाडौं। चर्च बोइज युनाइटेडले एन्फा यु–१८ युथ लिगमा पहिलो जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा चर्चले थ्री स्टार क्लबलाई १–० गोलले पराजित गरेको हो।
चर्चको जितमा अमन बहादुर तामाङले गरेको गोल निर्णायक बन्यो। उनले ४५औं मिनेटमा गोल गरेका हुन्।
जितसँगै चर्चले तीन अंक जोडेको छ। यसअघि चर्च पहिलो खेलमा न्युरोड टिम (एनआरटी) सँग २–१ गोलले पराजित भएको थियो।
यता, पराजित थ्री स्टारको भने लगातार दोस्रो हार हो। थ्री स्टार लिगको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ७–२ गोलले पराजित भएको थियो।