काठमाडौं। कोपा अमेरिका फुटबलको समूहचरणबाटै बाहिरिएपछि मेक्सिकोका मुख्य प्रशिक्षक जाइम लोजानोलाई बर्खास्त गरिएको छ।
लोजानोलाई सन् २०२६ को विश्वकपसम्म साहयक प्रशिक्षकको रूपमा काम गर्ने मौका दिइएको थियो। तर, ४५ वर्षीय लोजानोले उक्त प्रस्ताव अस्वीकार गरे।
मेक्सिकोले सन् २०२६ को विश्वकप क्यानडा र अमेरिकासँग मिलेर आयोजना गर्ने भएको छ। 'लोजानोले हामीसँग रहन चाहँदैनन्। हामी उनको निर्णयको सम्मान गर्दछौं,' मेक्सिको फुटबल महासंघ (एफएमएफ)ले मंगलबार भनेको छ।
लोजानोले मेक्सिकोलाई सन् २०२३ को गोल्ड कपको उपाधि जिताएका थिए भने यसै वर्षको सुरुमा कन्काकाफ नेसन्स लिगको फाइनलमा पुर्याएका थिए।
मेक्सिकोका पूर्वअन्तर्राष्ट्रिय खेलाडीले आफ्नो कार्यकालमा १० जित, चार बराबरी र सात हार बेहोरेका थिए। सन् २००२ र २०१० को विश्वकपमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका लोजानोको स्थानमा जेभियर अगुइरेले तेस्रो कार्यकालका लागि मेक्सिकोको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन्।