काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१८ युथ लिगमा मछिच्न्द्र फुटबल क्लबले विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न दिनको अन्तिम खेलमा मच्छिन्द्रले आर्मीलाई १–० गोलले पराजित गरेको हो।
मच्छिन्द्रको जितमा कविर तामाङले निर्णयक गोल गरे। निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ७९औं मिनेटमा मच्छिन्द्रको लागि कविर तामाङले गोल गर्दै अग्रता दिलाए। त्यसपछि बाँकी समय थप गोल नहुँदा मच्छिन्द्र विजयी भयो।
योसँगै मच्छिन्द्रले पहिलो खेलमा जित हासिल गर्दै तीन अंक जोडेर सुखद सरुआत गरेको छ भने आर्मीले पराजयबाट लिगमा सुरुआत गरेको छ।
यस्तै मंगलबार नै सम्पन्न पहिलो खेलमा मनाङले संकटालाई १–० गोलले पराजित गरेको थियो। जारी लिगमा आज दुई खेल सम्पन्न भएसँगै पहिलो चरणको खेल सम्पन्न भएको छ।