काठमाडौं। मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट राजीनामा दिएका छन्।
जर्मनीको बर्लीनमा आइतबार सम्पन्न युरो कपको फाइनलमा स्पेनसँग इङ्ल्यान्ड २-१ गोलले पराजित भएको थियो। पछिल्लो ५८ वर्षको इतिहासमा उपाधिविहीन बनेको इङ्ल्यान्ड लगातार दुईवटा युरोकपको फाइनलमा पराजित भएको छ।
यसअघि इङ्ल्यान्ड युरो कपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित भएको थियो। मंगलबार बिहान फुटबल एसोसिएसन (एफए)ले प्रमुख प्रशिक्षक साउथगेटले राजीनामा दिएको समाचारको पुष्टि गरेको छ।