काठमाडौं। कोलम्बिया फुटबल फेडेरेसनका अध्यक्ष र उनका छोरासहित २७ जना पक्राउ परेका छन्।
सोमबार अर्जेन्टिना र कोलम्बियाबीच कोपा अमेरिकाको फाइनलमा भीड नियन्त्रण गर्नेक्रममा झडप भएपछि रामोन जेसुरुन र उनका छोरा रेमन जामिल जेसुरुनलाई पक्राउ गरिएको हो।
हार्ड रक स्टेडियममा सुरक्षा गार्डसँग झगडा गरेकोसहित तीन वटा जघन्य अपराध गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको मियामीका प्रहरी जासुस आन्द्रे मार्टिनले मंगलबार जानकारी दिए।
सन् २०१५ देखि कोलम्बियाली फुटबल महासंघका अध्यक्ष रहेका ७१ वर्षीय रामोन दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कोनमेबोलका उपाध्यक्ष हुन्।