काठमाडौं। फ्रान्सका सर्वकालिक गोलकर्ता ओलिभर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।
१३७ खेलमा ५७ गोल गरेका उनले सोमबार सन्न्यास लिएका हुन्। जिरुडले इन्स्टाग्राममा लेखेका छन्, 'फ्रान्सेली राष्ट्रिय टोलीबाट बिदाइ लिने क्षण निकै डरलाग्दो छ। मैले १३ वर्षसम्म फ्रान्सको टिमको सेवा गरेको छु, त्यो मेरो हृदयमा सधैं कुँदिरहने छ। यो मेरो सबैभन्दा ठूलो गर्व र मेरो सबैभन्दा प्रिय स्मृति हो।'
आफ्नो अन्तर्राष्ट्रिय क्यारियरको दौडान ३७ वर्षीय जिरुडले रुस विश्व कप २०१८ जिते र युरो कप उपविजेता पनि बनेका थिए। उनले कतारमा सन् २०२२ को विश्वकप फाइनलमा थियरी हेनरीको ५१ गोलको राष्ट्रिय कीर्तिमान तोडेका थिए।
जिराउडले सन् २०११ मा डेब्यु गरेका थिए र जर्मनीविरुद्ध २–१ को मैत्रीपूर्ण जितमा पहिलो गोल गरेका थिए। उनले मार्च २०२४ मा चिलीविरुद्ध अन्तिम गोल गरेका थिए।
उनले गत मे महिनामा युरो कप आफ्नो अन्तिम ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुने बताएका थिए। उनले बेन्चबाट चार उपस्थिति बनाए। तर, फ्रान्स सेमिफाइनलबाट अगाडी बढ्न सकेन।
आर्सनल, चेल्सी र एसी मिलानका पूर्व स्ट्राइकर अर्को सिजन मेजर लिग सकर क्लब लस एन्जलस एफसीमा सामेल हुनेछन्।