काठमाडौं। अर्जेन्टिनाका लाउटारो मार्टिनेले कोपा अमेरिकामा गोल्डेन बुट जितेका छन्। २६ वर्षीय स्ट्राइकरले आफ्नो टोलीलाई लगातार उपाधि दिलाउन फाइनलमा समेत गरेर सर्वाधिक ६ गोल गरे।
अधिकांश खेलमा उनले बेन्चबाट सुरुआत गरेका थिए। समूहचरणमा क्यानडा र चिलीविरुद्ध एक/एक गोल गरे। समूहचरणको अन्तिम खेलमा पेरुविरुद्ध उनले दुई गोल गर्दै अर्जेन्टिनालाई समूह विजेता बनाएका थिए।
क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध उनले नै गोल गर्दे अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। तर, सो अग्रता कायम राख्न नसक्दा अर्जेन्टिनालाई जित निकाल्न पेनाल्टी सुटआउटको साहरा लिन परेको थियो। यद्यपि, पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४-२ गोलअन्तरले विजयी भयो।
क्यानडाविरुद्ध सेमिफाइनलमा भने उनले गोल गर्न सकेन। यद्यपि, कोलम्बियाविरुद्धको फाइनलमा खेलको ११२औं मिनेटमा गोल गर्दै उनले अर्जेन्टिनालाई कीर्तिमानी १६औं पटक उपाधि दिलाए।