एजेन्सी । अष्ट्रेलिया भ्रमणमा रहेको भारतले दोस्रो एकदिवसीय क्रिकेटमा आज घरेलु टोलीविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
एडिलेटमा हुने खेलमा भारतले टस हारेको छ र पहिले बलिङको निम्तो पाएको छ । अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि भारतले पहिले फिल्डिङ गर्ने भएको हो ।
आज भारत अष्ट्रेलियालाई हराएर सिरिज १ - १ को बराबरी गर्न चाहन्छ । पहिलो खेलमा भारत अष्ट्रेलियासंग ३४ रनले पराजित भएको थियो । यता, अष्ट्रेलिया भने दोस्रो खेल जित्दै सिरिज घरमै राख्न चाहन्छ ।
तीन खेलको सिरिज जोगाउन भारतलाई आजको खेल जित्नै पर्ने बाध्यता रहेको छ । सिड्नीमा गत शनिबार रोहित शर्माले शतकीय इनिङस खेलेपनि भारत पराजित भएको थियो ।
घरेलु टोली अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिज भने भारतले जितिसकेको छ ।